
काठमाडौं । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।
विष्फोटक पदार्थ तथा हतियार सुँघेर पत्ता लगाउने कुकुरहरु र बम डिकेटर उपकरणसहित प्रहरीहरु बिहानैदेखि परिचालित छन् ।
प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।
अरनिको राजमार्गसँगै जोडिएको भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उदघाटन समारोह हुँदैछ । उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।
उदघाटन समारोह स्थल वरपर आज बिहानैदेखि एमाले कार्यकर्ताहरु आइपुगेका छन् ।
