सक्रिय राजतन्त्रसँग सहमत छैनौं: धवल शम्शेर राणा

२४ मंसिर २०८२, मंगलवार १७:११

काठमाडौं, २३ मंसिर — राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शम्शेर राणाले नेपालमा अब सक्रिय राजतन्त्रको सम्भावना छैन भनी स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सक्रिय राजसंस्थासँग पार्टी सहमत नभएको बताए।

राणाका अनुसार, “धेरैले सक्रिय राजतन्त्रका कुरा गर्छन्, तर हामी त्यससँग सहमत छैनौं। अब सक्रिय राजसंस्था होइन, संवैधानिक राजसंस्था आवश्यक छ। नेपालीका छोराछोरीले देश चलाउने छन्, राजसंस्थाको काम केवल अभिभावकको भूमिका निभाउनु हो।”

उनले यो कुरा राजासँग पनि सोधेर स्पष्ट पारेको बताएका छन् र सभामा उपस्थित जनतालाई चेतना जगाउन यस बैठकलाई महत्वपूर्ण रहेको बताए।