निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन

११ मंसिर २०८२, बुधबार १८:३८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । मंगलवार आयोगले हुम्लाको चंखेली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।

शाहीसहित अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।