११ वाणिज्य बैंकले घटाए निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

१ मंसिर २०८२, आईतवार १०:५७

मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले थप ब्याजदर घटाएका छन्। मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकहरूले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

सार्वजनिक विवरणअनुसार २० वटा वाणिज्य बैंकमध्ये ११ वटाले कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटाएका हुन् ।

कात्तिकमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.२००५ प्रतिशत रहेकोमा मंसिरका लागि ५.०४०५ प्रतिशत कायम भएको छ ।

मंसिरमा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ ।

ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने ब्याजदर स्थिर राखेका छन्।

ब्याजदर घटबढसँगै सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकबाट ६ प्रतिशत ब्याज दिन्छ भने सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत ब्याज दिन्छ।

बैंकहरूले ब्याजदर घटाएको मुख्य कारण भनेको कर्जा लगानी योग्य रकमको अधिकता हो। अहिले बैंकहरूसँग ११ खर्ब भन्दा बढी कर्जा दिने रकम रहेको छ, जसका कारण ब्याजदरमा गिरावट आएको हो।

बैंकहरूले राष्ट्र बैंकसँग पनि पैसा २.७५% देखि ३% ब्याजमा राखेका छन्।

कुन बैंक ब्याजदर कति ?

कृषि विकास बैंक ४.७

एभरेष्ट बैंक ५.०

नेपाल बैंक ५.२५

लक्ष्मी सनराइज बैंक ५.०

माछापुच्छ्रे बैंक ५.०

एनआईसी एशिया बैंक ५.०

प्रभु बैंक ४.९५

स्ट्याण्डर्ड चार्टर्ड बैंक ४.७

राष्ट्रिय वाणिज्य बैंक ५.५

नबिल बैंक ४.७५

ग्लोबल आइएमई बैंक ६.०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ५.०

सिद्धार्थ बैंक ५.०

प्राइम बैंक ४.७५

कुमारी बैंक ४.९१

सानिमा बैंक ५.०

हिमालयन बैंक ५.५

नेपाल एसबिआई बैंक ४.८

एनएमबी बैंक ५.०

सिटिजन्स बैंक ४.७५