काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा रहेको खानेपानीको मुख्य पाइप फटेर सडक पूर्ण रूपमा जलमग्न भएको छ। सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने मार्गमा पाइप फाटेपछि सडकमा ठूलो परिमाणमा पानी बग्न थालेको प्रहरीले जनाएको छ।
पाइप फुटेर सडकभरि पानी फैलिँदा सवारी साधन सञ्चालनमा अवरोध भएको छ भने पैदलयात्री पनि समस्यामा परेका छन्। आकाशे पुलको छेउमै पाइप फुटेकाले सडकमा ठूलो ट्राफिक अव्यवस्था सिर्जना भएको छ।
प्रहरीका अनुसार पानी बगेर सिधै खोलामा मिसिएका कारण ठूलो जोखिम भने छैन। तर, सडकमा पानी जमेकाले ट्राफिक व्यवस्थापनका लागि थप प्रहरी परिचालन गरिएको छ।

