काठमाडौं । ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगलागी भएको छ ।
आज बिहान घरमा आगलागी भएको चापागाउँ प्रहरी चौकीका डीएसपी दिलबहादुर मल्लले जानकारी दिए ।
दुई दमकलको सहारामा नेपाल प्रहरी, ललितपुर नगरप्रहरी र स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको छ ।
आगो लगभग नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
