कपिलवस्तुमा नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ

२८ माघ २०८१, सोमबार १३:३७

कपिलवस्तु । कपिलवस्तु वाणगंगामा प्रहरीको सिआई डी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वाणगंगा वडा नं.२ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक लोकेन्द्र के.सी का अनुसार उनीहरू हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौँ तपाईँको घर कोठा खानतलासी गर्नुपर्नेछ भन्दै एक स्थानीयको घरमा प्रवेश गरी खानतलासी गरी सत्र हजार लिई हिँडेको अवस्थामा पक्राउ गरिएको बताएकाछन् ।

घिमिरे र थापालाई बाणगङ्गा नगरपालिका वडा न.२ राजपुरस्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको उनको भनाइ छ ।

पक्राउ परेका दुवै जनालाई ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।