वासिङ्टन । अमेरिकन एयरलाइन्सको वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान आकाशमै सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ ।
स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको अमेरिकाको ‘फेडरल एभिएशन एडमिनिस्ट्रेसन’ले उक्त दुर्घटनाबारे जानकारी दिएको हो ।
आपतकालीन उद्धार टोली विमानस्थलमा पुगिसकेको र त्यहाँ कयौ एम्बुलेन्स र दमकल तैनाथ गरिएको छ ।
विमानस्थलको रनवे ३३ तिर जाँदै गरेको अवस्थामा उक्त विमान अमेरिकी सेनाको एच–६० हेलिकोप्टरसँग ठोक्किएको जनाइएको छ ।
दुर्घटनामा संलग्न अमेरिकन एयरलाइन्सको विमानमा ६० यात्री र चार चालक दलका सदस्य सवार रहेको बताएइको छ ।विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान आरम्भ भएको छ। दुर्घटनाबाट भएको हताहतको विवरण भने आइसकेको छैन ।