काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा बुधवार बिहान करिब १:३० बजे एउटा घाटमा भागदौड हुँदा कयौको ज्यान गएको आशङ्का गरिएको छ ।
अमेरिकी विश्व च्यानल सी एन एनका अनुसार बुधवार प्रयागराज सहरको आगन्तुक छेक्ने बार भत्केपछि भागदौड भएको थियो ।
भारत सरकारले मृतकको सङ्ख्या सार्वजनिक गरेको छैन । तर स्थानीयले नदी किनारमा धेरै लास देखेको उल्लेख गरेका छन् ।
बेलायती विश्व च्यानल बीबीसीले पनि कयौको हताहती भएको आशङ्का भन्दै नदी किनारमा जुत्ता चप्पल, लुगा कपडा जथाभाबी छरिएको पाइएको उल्लेख गरेको छ ।
१० करोडले सहभागिता जनाउने बताइएको महाकुम्भ मेलालाई एआईबाट सुरक्षा मिलाएर भागदौड रोकिएको समाचारहरू आएको केहि दिनपछि नै भागदौडबाट हताहतीको खबर सार्वजनिक भएको हो ।