देवताले नसकेको युद्घ देविले जितिन् तर महिनावारीको बेलादेविकै मन्दिर जाननदिनु दुखद् विषय हो : सभापति दहाल

२३ मंसिर २०८१, आईतवार १२:१५

काठमाडौं । विधायन व्यवस्थापन समिति सभा पति तुलसाकुमारी दहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताएकी छन् ।

आइतबार छैठौंअन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुनन हुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दा खेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन् , ‘महिनावारी फरक ठाउँमा फरक नामाकारणका रुपमा स्थापित छ । कुनै ठाउँमा छुनन हुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गरिएको छ ।

हाम्रो देश भित्र विभिन्नजाती, समुदाय जुनजुन ठाउँमा जसरी बसोबास छ त्यसरी नै हामीले अलग र फरक तरिकाले यसको सम्बोधन गर्नुपर्छ ।’

साथै उनले महिनावारी अशुद्दको प्रतिकभनेर छुट्याएकोमा दुखलागेको बताइन् । उनले ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजाहुने, देवताले जित्ननसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जाननदिनु दुखःद कुरा भएको बताइन् ।

उनले भनिन्,‘महिनावारी अशुद्दको प्रतिकभनेर छुट्याइनु दुखद् कुरा हो । ऐतिहासिक कुरा हेर्दा समेत देवीहरुको पूजाहुने, देवताले जित्ननसकेको युद्घ देविले जितेको भए पनि महिनावारी हुँदा देविकै मन्दिरमा जाननदिनु दुखःद विषय हो ।