काठमाडौं । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईन्छ ।
हरेकवर्ष झै यस वर्ष पनि ‘Upholding Dignified Menstruation Fundamental to Sexual and Reproductive Health and Rights Ú’ (यौन र प्रजनन स्वास्थ्य र अधिकारको लागि मौलिकमासिक धर्मको पालना) भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रममो आयोजना गरी महिनावारी दिवस मनाउन लागिएको छ ।
मर्यादित महिनावारी मानवअधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्यागर्दै यसको अन्तका रूपमाआव्हानगर्दछ ।
वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भएता पनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकार बाट वञ्चितछन्।
यस कारण पनि महिनावारी धेरै सामान्यहो र लाजमान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाईन थालिएको हो ।