युक्रेनलाई रुस विरुद्ध लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति सँगै विश्वभर तरंग

४ मंसिर २०८१, मंगलवार १२:१०

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रप्रहार गर्न अनुमति दिएपछि विश्वभर यसको तरंग उत्पन्नभएको छ ।

कार्यकाल सकिन २ महिनामात्रै बाँकी रहेका बेलाबाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्रप्रहार गर्न अनुमतिदिएकाहुन् ।

बाइडेनको अनुमतिपछि रुसले कडाप्रतिक्रिया भने दिएको छ ।

रुसको विदेश मन्त्रालयले आफ्नो भूभागमा लामो दूरीको क्षेप्यास्तप्रहार भएमा ‘उपयुक्त र ठोस कदम’चाल्ने प्रतिक्रिया दिएको हो ।

रूसले अमेरिकी कदमलाई ‘आगोमा घ्यु थप्ने’ काम भएको टिप्पणी गरेको छ ।

विदेशमन्त्रालयले यस्तो कदमलाई ‘संयुक्त राज्य अमेरिका र यसको साझेदारहरू रूस विरुद्धको युद्धमा प्रत्यक्ष संलग्नता’हुने पनि बताएको छ ।

राष्ट्रपति जो बाइडेनले रूसमा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्रप्रयोग गर्न अनुमतिदिँदा राष्ट्रपति निर्वाचितडोनाल्डट्रम्पलाई यसबारे परामर्श गरे या नगरिएको भने केहीखुलेको छन ।

ट्रम्पले आफ्नो चुनावीअभियानमै रूस–युक्रेन युद्धअन्त्य गर्ने बताएकाथिए ।

यसअघि, अमेरिकाका सहयोगीहरूले युक्रेनलाई क्षेप्यास्त्रप्रयोग गरेर रूसमा आक्रमण गर्न प्रतिबन्ध लगाएका थिए ।

रुस युक्रेन युद्ध सुरु भएको १ हजार दिनपुगेका बेला बाइडेनको निर्णय आएको हो ।

युद्धको क्रममा रूसले युक्रेनी ऊर्जा संरचनाहरूमा तीव्र आक्रमण गर्दै ब्ल्याकआउट र जनधनको क्षति पु¥याएको छ ।

ओडेसामा सोमबार भएको आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जनाघाइते भएको बीबीसीले लेखेको छ ।