राष्ट्रपति ट्रम्प सांसद वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारीमा

२७ कार्तिक २०८१, मंगलवार १३:१९

काठमाडौं । अमेरिका कानव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका रिपब्लिकन सांसद माइकवाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारी गरेका छन्।

वाल्टजले अमेरिकी सुरक्षानीति र चीनसँगको सम्बन्धमा कडा अडान लिएका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा चीनको गति विधि प्रति चिन्ता व्यक्त गर्दै सम्भावित द्वन्द्वको लागि अमेरिका तयार रहनुपर्ने बताउँदै आएकाछन्।

वाल्टजहालै मात्रफ्लोरिडाको पूर्व–मध्य क्षेत्रको अमेरिकी प्रतिनिधि सभाको सीट जितेर पुनः निर्वाचित भएकाछन्।

उनले डेमोक्र्याट उम्मेदवार जेम्स स्टकटनलाई हराउँदै यो सफलता प्राप्त गरेका हुन्। वाल्टजअमेरिकी सेनाका पूर्वकर्णेल, युद्ध सज्जितग्रिन बेरेट, तथा पूर्व व्हाइटहाउस र पेन्टागननीति सल्लाहकार पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटक कंग्रेस सदस्यको रूपमा निर्वाचित भएका थिए।

वाल्टजले अफगानिस्तानमा विभिन्न युद्ध अभियानहरूमा सेवागर्दै चार वटाब्रोंज स्टार अवार्ड प्राप्त गरेका छन्। अमेरिकी सेना छोडे पछि उनले पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालमा रक्षा विभागमा नीति निर्देशकका रूपमा काम गरेका थिए।

उप राष्ट्रपति डिकचेनीको नेतृत्वमा वाल्टजले आतंकवाद विरोधी सल्लाहकारको रूपमा पनि भूमिका निर्वाह गरेका थिए।

ट्रम्पप्रशासनले अर्को प्रमुख पदमा पनि फ्लोरिडाबाटै अर्को नेता नियुक्त गर्ने सम्भावना रहेको छ। ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेश सचिव नियुक्त गर्ने तयारी गरिरहेको समाचार आएको छ।

रुबियो, जसले सन् २०१६ मा राष्ट्रपती यचुनावमा ट्रम्पलाई चुनौती दिएका थिए, पछिल्लो समय ट्रम्पका परराष्ट्र नीति सल्लाहकारका रूपमा पनि सक्रिय रहे।
रुबियोको नियुक्तिले अमेरिकाको विदेश नीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।