२४ घण्टामा ७० जनाको ज्यान गयो

१२ कार्तिक २०८१, सोमबार १६:०६

काठमाडौं । इजरायली हवाई आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा करिब ७० जना व्यक्तिको ज्यान गएको जनाइएको छ ।

उत्तरी गाजामा आक्रमण जारी रहँदा तीन महिना पछि पुन सुरु भएको युद्ध विरामवार्ताले कुनै ठोस परिणाम देखाएको छैन ।

गाजामा विशेषगरी जबालिया, बेइतलहिया र बेइतहनुनमा केन्द्रित इजरायली सैन्य आक्रमणले चौथो हप्तामा प्रवेश गरेको छ ।

आइतबार इजरायलको तेलअविभको उत्तरमा रहेको रमातहशरोनमाट्रकले बस स्टपमाठक्कर दिँदा एक जनाको ज्यानगएको र ४० भन्दाबढी व्यक्तिघाइते भएकाछन् । प्रहरीकाअनुसार, यो आक्रमणलाई आतंकवादी घटना मानिएको छ र ट्रक चालकलाई गोलीहानीएको थियो । हमास र इस्लामिक समूहले यस आक्रमणको प्रशंसा गरे पनिजिम्माभने लिएका छैनन् ।
इजरायली सेनाले आइतबार कब्जा गरिएको पश्चिम किनारामा हिज्माभन्ने ठाउँमा एक प्यालेस्टिनी व्यक्तिलाई सैनिकहरूलाई छुरा प्रहार गर्न प्रयास गर्दा गोलीहानीहत्या गरेको बताएको छ ।

इजरायली सेनाले शनिबार उत्तरी गाजामा रहेको कमलअदवानअस्पतालमा छापा मारेपछि आइतबार बिहानअस्पतालबाट फिर्ता गएको थियो । घटनामा दर्जनौं पुरुष स्वास्थ्यकर्मी र केही बिरामीलाई नियन्त्रणमा लिएको अस्पतालले जनाएको छ ।

शनिबार साँझ बेइतलहियामा भएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने जबालियामाआइतबार बिहानभएको बम विस्फोटमा २० जनाको ज्यानगएको छ ।

शतीक्षेत्रमा रहेको विद्यालय माथि आक्रमण हुँदा ११ जना मारिएकाछन् । इजरायली रक्षा बल (आईडीएफ) ले जबालियामा ४० भन्दा बढी ‘आतंकवादी’ लाई निसाना बनाएको दाबी गरेको छ भने बेइतल हियामाभने ज्यानजानेको एकिन संख्या सार्वजनिकन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएकाछन् ।

उता, संयुक्त राष्ट्र संघ का माहासचिव एन्टोनियो गुटेरेसले गाजामा फसेका सर्वसाधारणको अवस्था सहनै नसक्ने भएको बताएकाछन् ।

युएनको कार्यालयले उत्तर गाजामा मृत्यु, घाइते र विनाशको उच्च स्तर देखेर महासचिव स्तब्ध भएको जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भाषणको क्रममा गाजामा फसेका इजरायली बन्धकहरूको परिवारले उनको भाषणअवरुद्ध गरेका थिए । इजरायलीहरूले नेतान्याहूमाथियुद्धकै कारणबन्धकहरूलाई फिर्ता ल्याउनको लागिप्रयास नगरेको आरोप लगाएकाछन् ।

यसैगरी, लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानको तीन स्थानमा भएको इजरायलीआक्रमणमाआइतबार कम्तिमा २१ जनाको ज्यानगएको छ । इजरायली सेनाले लेबनानीआतङ्कवादी समूह हिज्बुल्लाह सँगको लडाइँमा ७० भन्दा बढी लडाकू मारेको दाबी गरेको छ । साथै, इजरायलले आफ्ना पाँच सैनिकहरूको मृत्यु भएको जनाएको छ ।