काठमाडौं । लेबर पार्टीका नेता तथाइंग्ल्याण्डका प्रधानमन्त्री सर कियर स्टार्मरले आगामी बजेटले आवास ऋण (मोर्टगेज) दरहरूमा वृद्धिनहुने दाबी गरेका छन् ।
प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा पुरानो जस्तै आर्थिक अव्यवस्थानआउने र ऋण व्यवस्थापनमा जिम्मेवार तरिकाले अघिबढ्ने बताएकाछन् ।
यसअघि चान्सलर राचेल रिभ्सलाई ऋण नियम परिवर्तन गरी लगानीका लागि बढी ऋण लिन खोज्दा वित्तीय बजार प्रभावित हुने र ब्याजदर लामो समय सम्म उच्च रहन सक्ने चेतावनी दिइएको थियो ।
द मिररमा लेख्दै स्टार्मरले भने, ‘यस बजेटले आर्थिक वृद्धिलाई असर गर्ने र सार्वजनिक सेवा कमजोर बनाउने कठोर नीतिहरूको पुनरावृत्ति गराउने छैन । टोरी सरकारका कारण ऋणको व्यवस्थापन विफल हुँदाआवास ऋण दर बढेको अव्यवस्थामा पनि फर्किने छैन ।’
उनले बजेटले दीर्घकालीन र जिम्मेवार निर्णयहरू ल्याउने र स्थिरताका माध्यम बाट लगानी र सुधारको मार्ग कोर्ने बताएकाछन् ।
आजदिउँसो आफ्नो सम्बोधनमा उनले बुधबारको बजेटले वित्तीय यथार्थ लाई आत्मसात गर्ने तर उज्यालादिनहरू आउने बताउने छन् ।
लेबर पार्टीका वरिष्ठ मन्त्री प्याटम्याकफ्याडनले ‘काम गर्ने मानिसहरू’लाई कुनै ठोस परिभाषा दिन कठिन रहेको बताएकाछन् । तर उनले पार्टीको प्रतिवद्धताअनुसार आयकर, राष्ट्रिय बीमा (एनआई), र मूल्यअभिवृद्धि कर (भ्याट) नबढाइने बताए ।
म्याकफ्याडनकाअनुसार, ‘हामीले मुख्य करहरूमा प्रतिवद्धता जनाएको हो र यसैलाई हामीले बजेटमा पूरा गर्नेछौं ।’ आलोचकहरूले यो प्रतिवद्धता ‘काम गर्ने मानिसहरू’लाई के कस्तो करदाताहरूमालागू हुन्छभन्ने स्पष्टपार्न माग गरेका छन् ।
