काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैं तथा दिपावली नजिकै आउँदै छ। चाडपर्व बिशेष गीतसंगीतहरु पनि बजारमा आउने क्रम जारी छ।
सोही क्रममा लामो समयदेखि गीत संगीतमा लागेका गायक तथा सर्जक सारमन श्री लवागुले “दशै तिहार” बोलको गीत बजारमा सार्वजनिक गरेकाछन् ।
उक्त गीतको शब्द,संगीत शन्तोष बि।सिले गरेकाछन् भने पछिल्लो समयका निकै लोकप्रिय गायक सारमन श्री लावागुनले मिठासपुर्ण आवाज दिएकाछन् । गीतमा नारायण दङ्गालको यारेन्ज र सुराथा प्रधानको मिक्सिङ रहेको छ । बिकास सापकोटाको छायांकन र रबिन श्रेष्ठको निर्देशन रहेको गीतमा सारमन स्वयमले अभिनय गरेकाछन् ।
गीत केही दिनअघि सारमन अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतले दशै तिहारलाई लक्षित गरेर गाउँघरलाई समेटिएको छ ।
