काँठे भाका ‘पानी सलल’ सार्वजनिक

१५ आश्विन २०८१, मंगलवार १०:२२

काठमाडौं । आइतबार एक कार्यक्रमकाबीच सुरज खनालको अध्यक्षतामा प्रमुख अतिथी राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, बिशेश अतिथी मोतिराज खनाल , व्यवसायी श्याम डंगोल, कलाकार राजिव मानन्धर, लगायतले गीतको लोकार्पण गरेका हुन् ।

सो अवसरमा गीतलाई शुभकामना दिँदै राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले देश र जनताको हितमा गीत–संगीत सिर्जना हुनुपर्ने बताइन्। सही सन्देश दिने खालका गीतहरू गाउनुपर्ने उनको भनाइ थियो।  गायक तथा सर्जक मोतिराज खनालले गीत गायर कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए । गायक बैकुण्ठ महतले उक्त कार्यक्रमको उद्घोषण गरेका थिए । गायक महतको उद्घोषणले कार्यक्रमहलमा तालिको गडगडाहटले माहोल नै रोमान्चक बनेको थियो ।

 

पानी सलल गीतमा पार्वती कार्की र गोविन्द दुलालले स्वर दिएका छन्। शब्द, संगीत पनि गोविन्द दुलालको हो भने एरेन्ज राकेश सोनीले गरेका हुन्। भिडिओमा सुवी शाही र मोहन डंगोलको अभिनय छ।

इभा फिल्मस् प्रा.लीको प्रस्तुति रहेको ‘पानी सलल’ को भिडिओलाई सुरज खनालले निर्देशन गरेका हुन् । यस बिमोचन कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेको हातबाट कलाकारहरुलाई प्रसंसा पत्र साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । यसै गीतका गायक गोबिन्द दुलाल , गायिका पार्वती कार्की , निर्देशक सुरज खनाल , लोक गायक तथा सर्जक मोतिराज खनाल , कलाकार सुमन खनाल , यस गीतका निर्माता कलाकार श्याम खनाल , मोडल सुबी साही लगायत थुप्रै कलाकारहरुको योगदानलाई स्मरण गर्दै प्रसंसा पत्र वितरण गरेको निर्माता श्याम खनालले बताए ।

कार्यक्रममा गायक बैकुण्ठ महत, भिडिओका निर्देशक खनाल, इभा प्रा.लीका प्रोपाइटर तथा कलाकार श्याम खनाल, गायक मोतीराज खनाल लगायतले गीत अत्यन्त रमाइलो र भिडियो पनि आकर्षक बनेको हुनाले स्रोता–दर्शकले रूचाउने विश्वास व्यक्त गरे । यस कार्यक्रमको अध्यक्षता गरेका सुरज खनालले आफ्नो मन्तव्य सहित कार्यक्रमको समापन गरेका थिए ।