एजेन्सी (सीसीटीभी प्लस)। चीनको बेइजिङमा जारी चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले चीन–अफ्रिका सम्बन्ध इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उल्लेख गरेका छन् ।
चीन र अफ्रिकाबीचको मित्रता समय, अन्तरिक्ष, पहाड र समुन्द्र पार गर्दै एक पुस्तादेखि अर्को पुस्तासम्म पुगेको बताए ।
चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई उकास्ने र चीन–अफ्रिका सम्बन्धको समग्र स्थितिलाई नयाँ युगमा स्तरोन्नती गर्ने घोषणा गरे ।
‘सन् २००० मा चीन९अफ्रिका सहयोग मञ्चको स्थापना नै चीन–अफ्रिका सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो । विगत २४ वर्षमा, विशेष गरी नयाँ युगमा, चीन र अफ्रिकी नागरिक सत्यनिष्ठा, मित्रता र इमानदारीको भावनामा हातेमालो गर्दै एकअर्कालाई सहयोग गर्दै आएको, नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको उदाहरण प्रस्तुत गरिरहेका छौं,’सम्बोधनका क्रममा उनले भने ।
चीन–अफ्रिका सहयोग मञ्च सन् २००० मा दुवै पक्षको संयुक्त प्रस्तावमा औपचारिक रूपमा स्थापना भएको थियो। हाल मञ्चमा चीन, चीनसँग दौत्य सम्बन्ध स्थापित ५३ वटा अफ्रिका मुलुक, अफ्रिकी संघको समितिलगायत ५५ वटा सदस्य छन् ।
सेप्टेम्वर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने शिखर सम्मेलनमा आर्थिक तथा व्यापारिक लगानी, पूर्वाधार प्रबन्ध,जलवायु परिवर्तन आदि क्षेत्रको प्रभावकारी सहयोगलाई विस्तार हुने विश्वास व्यक्त गरिएको छ ।
