देशभरमा ५१ जना डेंगुका नयाँ सङ्क्रमित थपिए

२६ असार २०८१, मंगलवार १०:४०

काठमाडौं । देशभरमा ५१ जना डेंगुका नयाँ सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार चार दिन ९जुलाई ३ देखि ७० को अवधिमा ५१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै देशभर १ हजार ४ सय ८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई ३ मा १ हजार ४ सय ३२ डेंगु बिरामी थिए । हालसम्म देशभर ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित छ ।