प्रधानमन्त्री प्रचण्डले दिए विजेता करणलाई बधाइ तथा गिटार उपहार

१३ असार २०८१, बुधबार १५:३७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल सिजन ५ का विजेता करण परियारलाई बधाइ तथा गिटार उपहार दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारलाई बुधबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर बधाइ तथा गिटार उपहार दिएका हुन् ।

करणलाई निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त सबै नौजवान युवाहरूलाई प्रेरणा हुने विश्वास लिए पनि प्रधानमन्त्रीले बताएका छन्। करणको आगामी यात्रा सफलताको शुभकामना दिदै प्रतियोगिताको आयोजक, निर्णायक र सहभागी सबैलाई पनि धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन् “निरन्तरको संघर्ष र साधनाबाट सफलता प्राप्त गर्ने नेपाल आइडल सिजन ५ का विजेता बर्दियाका करण परियारलाई भेटेर बधाइ दिएँ। उनको यो सफलता सबै नौजवान युवाहरूलाई प्रेरणा हुने विश्वास लिएको छु।करणको आगामी यात्रा सफलताको शुभकामना । प्रतियोगिता आयोजक, निर्णायक र सहभागी सबैमा हार्दिक धन्यवाद ।”