गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

६ असार २०८१, बुधबार १०:३६

काठमाडौं । लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् ।

उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ उनीहरू पछिल्लो केही वर्षयता प्रेममा थिए ।