मधेश प्रदेशको मुख्यमन्त्री सिंहले लिए शपथ

२५ जेष्ठ २०८१, शुक्रबार १३:३५

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका सतिशकुमार सिंहले शपथ लिएका छन्।

आज (शुक्रबार) मध्याह्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्धारा मुख्यमन्त्री सिंहले शपथ लिएका हुन् । जनमत पार्टीका सांसद सिंह आज मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश प्रमुख सुवेदी संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थनसहित दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको थिइन् ।

उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।