इलाम २ र बझाङ १ को जित हाम्रो मिसन ०८४ सफलताको सुरुवात हो: ओली

२४ बैशाख २०८१, सोमबार १६:१६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ बलियो बनाएको बताएका छन् ।

उनले वैशाख १५ गतेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ को जितले एमालेलाई मिसन ०८४ बलियो बनाएको ‘सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’ विमोचन कार्यक्रमलाई सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘उनले भने, दुईवटा उपनिर्वाचन एमालेले जित्यो । यो हाम्रो मिसन ०८४ सफलताको सुरुवात हो । हामी मिसन ०८४ लाई सफल बनाएर छाड्छौँ ।’

यस्तै ओलीले एमालेलाई सक्न धेरै कोसिस भएको समेत उल्लेख गरेका छन् । उनले भने, एमालेलाई सिद्धाउन पटक पटक कोसिस गरे तर सफल हुन सकेनन्, ‘सबै साथीहरूलाई मिसन ०८४ मा सहभागी हुन अपिल छ । आन्दोलन बलियो र विजयी भए नेता कार्यकर्ता त्यसै बलियो हुन्छन् । आफूलाई वामपन्थी भन्ने सबै शक्ति र व्यक्तिलाई एमालेको धारमा मिसिन आग्रह गर्छु ।’