सत्तारुढ दल विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै

२४ बैशाख २०८१, सोमबार १५:२०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन पछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दैछ।

बैठक आज अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्दैछ। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

आइतबार मात्र सत्ता साझेदार दल जसपा नेपाल विभाजन भएको छ । सत्तारुढ दल विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बोलाईएको हो ।