वामदेव गौतम एमालेमा फर्किने तयारीमा

२४ बैशाख २०८१, सोमबार १५:०५

काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू एमालेमा फर्किन जिम्मेवारी पर्खेर बसेको बताएका छन् ।

आज काठमाडौंमा आयोजित सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले गल्ती स्वीकार गरेको र पार्टी विभाजनको घाटा महशुस गरेको बताएका हुन् । साथै, आफूले पार्टी नफुटाएको पनि उनले दाबी गरे । अध्यक्ष केपी शर्मा ओलीको खुट्टा तान्न पार्टीमा आउने नभएर उनलाई सहयोग गर्न एमालेमा आउन लागेको उनले बताए ।

यस्तै २०५४ सालमा पनि आफूले पार्टी नफुटाएको र पछिल्लो पटक पनि दुई जना अध्यक्षका कारण आफू एमालेबाट अलग भएको वामदेवले बताए ।