नेकपा (एस) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सर्‍यो

२४ बैशाख २०८१, सोमबार १३:४९

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको आज बोलाइएको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ ।

आज बोलाइएको बैठक वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी बैठक सरेको हो ।

यसअघि क्रमशः वैशाख २६, २७ र २८, २९ गते बस्ने ती बैठक बोलाएको थियो । आन्तरिक तयारी नपुगेका कारण बैठक सार्नु परेको सो पार्टीको प्रचार विभागले सूचनामा उल्लेख गरेको छ । एकीकृत समाजवादीले जेठ १६ देखि २० मा राष्ट्रिय महाधिवेशन तयारीमा लागेको छ ।