कांग्रेसले संदन अवरोध गरेपछि सभामुखले बोलाए प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई

२४ बैशाख २०८१, सोमबार १२:२०

काठमाडौं । मंगलबार प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले (भोलि) मंगलबार बिहान ११ः३० बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरूसँग छलफल गर्ने सचिवालयले बताएको छ ।

आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुख घिमिरेले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका हुन् ।