रास्वपा समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार

२४ बैशाख २०८१, सोमबार १२:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समग्र सहकारीको समस्या समाधान गर्ने गरी छानबिन समिति बनाउन तयार भएको छ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने विषय उठाइरहेका छ । रास्वपाले संकटग्रस्त सहकारीको समग्र समाधान गर्ने गरी बन्ने छानबिन समितिका लागि तयार भएको जानकारी दिइएको छ ।

व्यक्तिगत केन्द्रित नभई सहकारीमा देखिएका सबै समस्या समाधान निकाल्ने छानबिन समितिका लागि तयार भएको महामन्त्री एवं पार्टी प्रवक्ता मुकुल ढकालले बताएका छन् ।

प्रवक्ता ढकालले भने, ‘प्रधानमन्त्रीले सम्पूर्ण सहकारी समाधानका लागि छानबिन समिति बनाऔं भन्नुभएको हो ।’ व्यक्ति केन्द्रित नभई सम्पूर्णतामा समाधान निकाल्न रास्वपा सधैं तयार रहेको ढकालले बताए ।