सन्दीपले पुनरावेदन दिएको बलात्कारको मुद्दाआज पनि हेर्न नमिल्ने

२३ बैशाख २०८१, आईतवार १४:०४

काठमाडौं । नेपाली राष्ट्रि क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदन दिएको बलात्कारको मुद्दामा (आज) आइतबार पनि हेर्न नमिल्ने भएको छ ।

मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।

यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश दिइएको थियो ।