झापाको दमकमा गोली लागेर एक विद्यार्थी घाइते

२१ बैशाख २०८१, शुक्रबार १४:४२

काठमाडौं । झापाको दमकमा गोली लागेर एक जना विद्यार्थी घाइते भएकी छन्।

आज शुक्रबार दिउँसो सिराहाका एक युवकले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ मा अध्ययनरत एक छात्रा घाइते भएकी हुन्। गोली हानेर ती युवक भागेको प्रहरी स्रोतले बताएको छ।

गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। घाइते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय हिमालय माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो। उदयपुर घर भइ दमकमा डेरा गरि बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।