आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटस्थित विद्युत शवदाह निःशुल्क हुने

१९ बैशाख २०८१, बुधबार १६:१९

काठमाडौं । आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटस्थित विद्युत शवदाह निःशुल्क हुने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन् ।

डा. थापाले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन् ।