आज सुनको मुल्य स्थिर, कारोबार कतिमा हुदै ?

१८ बैशाख २०८१, मंगलवार ११:४१

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मुल्य स्थिर रहेको र १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको बताएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३७ हजार २०० मै कारोबार र तेजावी सुन तोलाको एक लाख ३६ हजार ५५० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने घटेको महासंघले बताएको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सोमबार चाँदी तोलाको १६ सय ५० मा कारोबार भएको थियो ।