रुकुमपश्चिममा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

१८ बैशाख २०८१, मंगलवार १०:१०

काठमाडौं। रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतुमा  मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका ४ खारा निवासी अन्दाजी ४५ वर्षीय जयबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले बताएका छन्।

आज (मंगलबार) बिहान रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले मृतक गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु प्रहरी निरीक्षक श्रेष्ठले बताए।

ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनास्थलमा रहेका आक्रोशित स्थानीयहरुले ट्रक तोडफोड गरेका छन् ।