मकवानपुरको बकैया गाउँपालिकामा आज सार्वजनिक बिदा

१८ बैशाख २०८१, मंगलवार ०९:५६

काठमाडौं । मकवानपुर जिल्लाको बकैया गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

बकैया गाउँपालिकामा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनको शोकमा गाउँपालिकाले (आज) मंगलबार बिदा दिएको हो ।

बकैया गाउँपालिका ५ मा गएको शुक्रबार बा २ ख ६९४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बकैया ५ को भडौराका ३५ वर्षीय बजगाईँको मृत्यु भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका बजगाईँको उपचारको क्रममा हेटौँडाको चुरेहिल अस्पतालमा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।