आज सुनको मूल्य ४ सयले बढ्यो, कारोबार कतिमा हुदै ?

१६ बैशाख २०८१, आईतवार १२:०९

काठमाडौं । आज आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन प्रतितोला ४ सय रुपैंयाले बढेको हो ।

आज प्रतितोला १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघिको दिनमा छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।