माजनीमाया चेपाङलाई १०४ वर्षमा नागरिकता प्रदान

१५ बैशाख २०८१, शनिबार ०९:३७

काठमाडौं । १०४ वर्षीया माजनीमाया चेपाङले शुक्रबार (हिजो) नागरिकता पाएकी छन्।

मकवानपुरको राक्सिराङ गाउँपालिकाकी १०४ वर्षीया माजनीमाया चेपाङलाई गाउँपालिकाले संचालन गरेको एकीकृत घुम्ती सेवाका क्रममा शुक्रबार (हिजो) नागरिकता प्रदान गरिएको हो ।

उनी बिक्रम सम्वत १९७७ साल भदौ १२ गते जन्मिएकी थिइन् । गाउँपालिकाको अनुरोधमा गाउँपालिकाको वडा नम्बर–७ धुसैनीकी १०४ वर्षीया चेपाङलाई प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

माजनीमाया चेपाङलाई नागरिकता प्रदान गर्न प्रशासन कार्यालयका अधिकृत सहदेव आचार्य, जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी उपरिक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल उनको घर धुसैनी पुगेका थिए ।