गृहमन्त्री र मिटरब्याज पीडितबीच छलफल

२८ चैत्र २०८०, बुधबार ११:३५

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितसँग छलफल गरेका छन्।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका उनले आज मिटरब्याज पीडितसँग छलफल गरेका हुन्।छलफलका क्रममा मन्त्री लामिछानले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको जानकारी दिए।

उनले जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिए। मन्त्री लामिछानेले घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह गरे।