धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा

१४ चैत्र २०८०, बुधबार १२:४५

धनगढी। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी छन् ।

आरती सोमबार भारतको गोवाबाट सम्पर्कबिहिन भएकी थिइन् । मेयर हमालले सार्वजनिक गरेको विवरण अनुसार आरती कान्छी छोरी आर्जुको सम्पर्कमा आएकी हुन् ।

मेयर हमालकी कान्छी छोरी आर्जु दम्पती आरतीको खोजीको लागि गोवा पुगेका थिए । आरती ओशो साधक हुन् । त्यसक्रममा उनी केही महिना देखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन्। उनी सोमबार भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्कबिहिन भएकी थिइन् ।

यसअघि धनगढीका मेयर हमालले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफ्नो छोरीको खोजी कार्यका सहयोग गर्न भारतको गोवामा बस्ने नेपालीहरुलाई आग्रह समेत गरेका थिए ।