नेपालले आयरल्यान्ड ‘ए’ लाई ७१ रनको अन्तरले हरायो

१३ चैत्र २०८०, मंगलवार १६:४०

काठमाडौँ । नेपालले दोस्रो टी –२० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ७१ रनको अन्तरले हराएको छ ।

शृंखलामा नेपालको यो दोस्रो जित हो । यसअघि सोमबार खेलिएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले भने १८.३ ओभरमा अलआउट हुनुअघि १२७ रन मात्र बनायो।