आज नेपाली कुन खेलाडीले कति चौका र छक्का हाने ?

१३ चैत्र २०८०, मंगलवार १५:२२

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी २० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई एक सय ९९ रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको गरेको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।नेपालले पहिलो विकेटका रूपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेट किपर ब्याट्सम्यान असिफ ९ बलमा एक छक्का र एक चौका सहित ११ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर म्याथ्यू फोष्टरले विकेटकिपर स्टेफन डोहेनीद्वारा क्याच गराएका थिए । २.५ ओभरमा आसिफ आउट हुँदा नेपालले ३४ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेलले १६ बलमा दुई छक्का र दुई चौका सहित २५ रन बनाउँदै आउट भएका थिए ।उनलाई आयरल्यान्डका बलर फोष्टरले गारेथ डेलानीद्वारा क्याच गराएका थिए । ४.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका अनिल ११ बलमा दुई चौका सहित १२ रन बनाउँदै आउट भएका थिए । उनलाई आयरल्यान्डका बलर फियोन फिलिप ह्यान्डले विकेटकिपर डोहेनीद्वारा क्याच गराएका थिए । ६.५ ओभरमा अनिल आउट हुँदा नेपालले ५६ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रूपमा गुलसन झालाई गुमाएको थियो । गुलसन झाले ३२ बलमा चार छक्का र एक चौका सहित ४६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले १३.५ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रूपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । पौडेलले २४ बलमा पाँच चौका सहित ३३ रन बनाउदै १६औँ ओभरमा आउट भएका थिए ।

नेपालले छैटौँ विकेटका रूपमा कुशल मल्ललाई गुमाएको थियो । मल्लले १३ बलचार छक्का र एक चौका सहित ३४ रन बनाएका थिए । उनी १ठ.४ ओभरमा १३ बलमा ३४ रन बनाउदै छैटौँ नम्बरमा आउट हुँदा नेपालले एक सय ७४ रन बनाएको थियो ।

नेपालले सातौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी १० बलमा एक छक्का र तीन चौका सहित २१ रन बनाउँदै अन्तिम ओभरको अन्तिम बलमा क्याच आउट भएका थिए ।