१३ बलमा ३४ रन बनाउदै भए कुशल मल्ल

१३ चैत्र २०८०, मंगलवार १४:३३

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी २० खेलमा मंगलबार आफ्नो छैठौं विकेट गुमाएको छ । नेपालले छैठौं विकेटका रूपमा कुशल मल्ललाई गुमाएको हो ।

मल्लले टोलीका लागि महत्त्वपूर्ण योगदान गर्दै पेभेलियन फर्किए । उनले पेभेलियन फर्किनुअघि ३४ रन बनाए । टैठौं नम्बरमा क्रिज समाल्न आएका रोहितले केवल १३ बलको सामना गरी चार छक्का र एक चौका पनि हिर्काए ।

उनलाई आयरल्यान्डका बलर ह्वाइटले डेलानीद्वारा क्याच गराएका हुन् । १७.४ ओभरमा कुशल मल्ल आउट भए । यो समचार तयार गर्दा सम्म १९.२औँ ओभरमा १८७ रन बनाएको छ