माथिल्लो इङवा जलविद्युत आयोजन राष्ट्रिय प्रसारण लाइनमा जोडियो

१३ चैत्र २०८०, मंगलवार १४:०१

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले आफ्नो विद्युत गृहको प्राङगणमा समुदघाटन समारोह आयोजना गरि स्थानीयहरुको उपस्थितिमा भएको कार्यक्रममा कम्पनीका सम्पुर्ण संचालकहरुको उपस्थिमा थियो ।

पाँचथर तथा ताप्लेजुङको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभी ट्रान्स सनलाईनको माध्यमबाट कम्पनीको पावर हाउस आँप डाडावाट हिलिहाङ गाँउपालिका वडा नम्बर १ मा रहेको नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनमा जडान गरिएको छ ।

२०७८ साल श्रावण २३ गतेवाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुरा गरेको छ । आयोजना निर्माण सम्पन्न गर्नका लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र वाँकी७० प्रतिशतन विल वैंक लिमिटेडको एकल लगानीबाट सम्पन्न गरिएको छ ।

आयोजना याँङवारक गाँउपालिका २ मा वाँधस्थल र वडा नं ३ मा पावरहाउस रहेको छ । यस आयोजनाको नेटहेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावर हाउसमा पानी खसालि विद्युत उत्पादन गरिएको छ । आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावरहाउसको काम लटिनाथ कन्सट्रसन कम्पनी र इन्टेक तथा पाईप एलाईनमेण्ट मकालु डेभलपर्स लिमिटेडले गरेको हो ।

आयोजनाको हाइड्रो मेकानिकलको काम अपिहाईड्रो मेकानिकल लिमिटेडले सम्पन्न गरेको हो । यस आयोजनामा जडित इलेक्ट्रो मेकानिकलतर्फका मेसिनतथा उपकरणहरु यूरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालक सतिस न्यौपानेले जानकारी दिए ।

जेपट हाईड्रो अस्ट्रियावाट आयात गरिएको टर्वाइन र गामेशा स्पेनवाट आयात गरिएको जेनेरेटर राखिएको छ भने कन्ट्रोल रुममा राखिएकाप्यानलवोर्डहरु क्रोएसीयाको प्रो–इन्ट्रीगिस कम्पनीवाट आयात गरिएको समेत न्यौपानेले जानकारी गराए ।

कम्पनीमाअपीपावर कम्पनी लिमिटेडको वहुमतशेयर लगानी रहेको छ भने गुरु प्रसाद न्यौपानेको अगुवाईमा प्रवद्र्धन गरिएका न्यौपाने समूहको अगुवाईमा रहेका आयोजनाहरुको संख्या १६ पुगेका छन् । उत्पादित विद्युत अमरपुर सवस्टेशनमा जडानगरी आरपुर–दमक १३२ केभि ट्रान्समिसनलाईन मार्फत नेपाल अधिराज्यभर आपूर्ति भएको छ ।