पाकिस्तानद्धारा इरानको सिस्तान–बलूचिस्तान प्रान्तमा हमला

४ माघ २०८०, बिहीबार १२:०७

कराँची । पाकिस्तानले इरानको सिस्तान–बलूचिस्तान प्रान्तमा हमला गरेको छ । त्यहाँको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिकाअनुसार चरमपन्थीहरुलाई निशाना बनाउँदै सो हमला गरिएको हो ।

‘जसमाथि हमला गरिएको हो उनीहरू पाकिस्तानमा आक्रमण गर्ने आतंकवादी थिए । यिनीहरू इरानको त्यस्तो ठाउँमा शरण लिएका छन्, जहाँ कसैको पनि नियन्त्रणमा छैन’ विज्ञप्तिमा भनिएको छ ।

बुधवार साँझ पाकिस्तानतर्फको सीमा नजिक कयौँ विस्फोटका आवाज सुनिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका थिए । रोयटर्सले पनि पाकिस्तानले इरानभित्र बलूच चरमपन्थीहरुलाई निशाना बनाएर आक्रमण गरेको समाचार छापेको छ ।

यो हमलामा कयौँ आतंकवादीहरु मारिएको पाकिस्तानको भनाई छ । आक्रमणमा तीन महिला र चार बच्चाको मृत्यु भएको र यिनीहरू इरानी नागरिक नभएको रोयटर्सले पनि इरानी मिडियालाई उद्धृत गर्दै समाचारमा भनेको छ ।

मंगलबार पाकिस्तानमा इजरायलसँग सम्बन्धित चरमपन्थीहरुमाथि हमला गरेको इरानले बताएको थियो । इरानी हमलामा पाकिस्तानमा २ बच्चाको मृत्यु भएको थियो ।

यसको परिणाम गम्भीर हुने र यसको जिम्मेवार इरान हुने चेतावनी पाकिस्तानले दिएको थियो । सीमा क्षेत्रमा सशस्त्र समूहहरूलाई प्रश्रय दिएको भन्दै लामो समयदेखि इरान र पाकिस्तानले एक अर्कामाथि आरोप लगाउँदै आइरहेका छन् ।