नेपालका केही पर्यटकीय दृष्यहरु फोटो फिचर

२५ पुष २०८०, बुधबार १५:३३

माउन्ट एवरेस्ट समुन्द्री सतहभन्दा माथिको पृथ्वीको सबैभन्दा अग्लो हिमाल हो। चीन–नेपाल सिमाना यसको शिखर प्वाइन्टमा पर्छ। यसको उचाइ ८,८४८.८६ मिटर छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका १ मा अवस्थित भोटेचौर बजार र आसपासका रमणीय दृश्य ।

नुवाकोटको ककनीमा गरीएको व्यावसायिक स्ट्रबेरी खेती

३५०० मिटर देखि ६००० मिटर सम्मको उचाइमा पाइने यी घरेलु चौंरीगाई परिवर्तनशील रङका हुन सक्छन् भने जंगली याकहरू सामान्यतया कालो देखि खैरो रंगका हुन्छन् ।

अम दाबलम नेपालको कोशी प्रान्तको पूर्वी हिमालय शृङ्खलामा अवस्थित एउटा हिमाल हो। मुख्य चुचुरो ६,८१२ मिटर (२२,३४९ फीट, तल्लो पश्चिमी चुचुरो ६,१७० मिटर (२०,२४३ फीट) छ।

अग्ला पहाड,प्राकृतिक वनस्पति,प्रसिद्ध पदयात्रा मार्ग सबै कुरा रुकुममा छ । रुकुमको सदरमुकाम मुसिकोट सहर हो । यसले २,८७७ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

मुगु जिल्ला नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो। यस जिल्लामा मुगु कर्णाली, हुम्ला कर्णाली जस्ता सदावहार नदीहरू अनेक खोलानाला र झरनाहरू रहेका छन। रारातालपनि यहि जिल्लामा रहेको छ।