पोखरामा विदेशी पर्यटकको भाइटीका

१ मंसिर २०८०, शुक्रबार ०७:४६

काठमाडौं, ०१ मंसिर । पोखरा भ्रमणमा रहेका पर्यटकले सप्तरंगी टीका लगाएर (भाइटीका) तिहार मनाएका छन्।

होटल संघ पोखरा नेपालको आयोजनामा बुधबार पोखराको लेकसाइडमा भएको १६औं भाइटीका महोत्सवमा पर्यटकले टीका लगाएर, देउसी भौलो खेल्दै नेपाली परम्परागत खानेकुरा खाएर रमाए।

भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्ष पर्यटक तिहार मनाउनकै लागि पनि दोहो¥याएर पोखरा आउन थालेका छन्।

संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा भएको भाइटीका महोत्सवमा अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलियालगायत देशका पर्यटकको सहभागिता रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।

महोत्सवमा भाग लिएर नेपाली परम्पराअनुसार तिहारमा टीका लगाउन पाउँदा आफूले निकै नौलो अनुभव गरेको महोत्सवमा सहभागी भएका पर्यटकले बताएका छन्।

महोत्सवमा आयोजना गरिएको देउसी भैलो र सांस्कृतिक कार्यक्रममा पर्यटकले भरपूर मनोरञ्जन पनि लिए। सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरू उत्तिकै रमाए। तिहारको सांस्कृतिक पक्षलार्ई संरक्षण गर्दै यसैका माध्यमबाट पर्यटक आकर्षित गर्ने अभिप्रायले महोत्सव आयोजना गरिएको महात्सव संयोजक पर्वता पाण्डेले बताइकी छन्।