धरानमा विमानस्थल निर्माणको लागि अध्ययन गर्न मन्त्री किरातीको निर्देशन

२३ कार्तिक २०८०, बिहीबार १२:११

काठमाडौं, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणको लागि अध्ययन गर्न समिति बनाउन निर्देशन दिएका छन् ।

धरानमा विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्ने समिति गठनको लागि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई मन्त्री राईले निर्देशन दिएको सामाजिक सञ्जालमा लेखेका छन् ।

‘‘धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन गरिएको छु’’, मन्त्री किरातीले लेखेका छन् ।
हिजो धरानउपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमाविमानस्थल बनाउन माग गर्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।