ट्याक्टर आगजनीका दोषी सांसद चौधरीलाइ कैद मिनाहा गर्ने प्रक्रियामा सरकार

५ फाल्गुन २०७९, शुक्रबार १४:४४

सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ । महान्यायाधिवक्ताको रायसुझावका आधारमा गृह मन्त्रालयले कैद मिनाहाका लागि फाइल मन्त्रिपरिषद् हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी काहाँ पठाएको हो । कैद तथा माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुने व्यवस्था भएकाे हुदा राष्ट्रपति भण्डारी काहाँ पठाएको हो ।

सोही व्यवस्था अनुसार चौधरीको हकमा सरकारले प्रक्रिया अघि बढाएको हो । स्रोतका अनुसार राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफी मिनाहा गर्दैछ ।

सांसद चौधरीमाथि एमालेका नेता महादेव बजगाईँको ट्याक्टर आगजनीको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । अदालतको आदेशअनुसार चौधरी केही साता अघिमात्रै पक्राउ परेका थिए ।