रुपन्देहीले रातको १०ः०० सम्म देउसी भैलो खेल्न दियो अनुमति

६ कार्तिक २०७९, आईतवार ११:४७

तिहारको बेला रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुमति दिएको छ ।

चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद –बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायु प्रदुषण गर्ने लगायतका गतिविधि नगरि देउसी खेल्न कार्यालयले एक सूचना जारी गर्दै आग्रह गरेको छ।

रातको १०ः०० बजेपछि देउसी भैलो खेल्ने, देउसी भैलो खेल्दा राजमार्ग तथा सहायक राजमार्ग अवरोध गर्ने, बढि रकम असुल्न बाध्यतामा पार्ने जस्ता असामाजिक किसिमका गतिविधि गरेमा कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालद्वारा जारी सूचनामा भनिएको छ।

विष्फोटक पदार्थ पटाकासम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता, २०७४ को व्यवस्था रहेको छ ।