नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त

२९ पुष २०७८, बिहीबार १५:४२

काठमाडौं । नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त भएका छन् । सिलवालले बिहीबारबाट नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । सिलवालले सामाजिक सञ्जालमार्फत बिहीबारबाट आफुले सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको जानकारी दिएका छन् ।

उनले भनेका छन् ः ‘आजबाट औपचारिक रुपमा नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालेको छु । यहाँहरुबाट विगतमा झै साथ, सहयोग तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।’

यसअघि सेनाको प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौड्याल रहेका थिए । पौड्यालले पनि आजबाट सेनाको प्रवक्ताको जिम्मेवारी सिलवाललाई हस्तान्तरण गरेको जानकारी दिएका छन् । पौड्यालले आफ्नो कार्याकालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।