अमेरिकाको क्यालिफोर्निया राज्यमा निधन भएका शिक्षाविद् तथा सामाजिक अभियन्ता डा भोलाप्रसाद दाहालको काठमाडौंमा दाहसंस्कार गरिएको छ ।
सर्च फर कमन ग्राउन्ड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको बैठकमा भाग लिन अमेरिका पुगेका दाहालको अघिल्लो साता निधन भएको थियो । निधनपछि उनको पार्थिव शरीर मंगलबार बेलुका नेपाल ल्याइएको थियो । आर्यघाटमा उनको दाहसंस्कार गरिएको थियो । संस्थाको बैठकमा भाग लिन अमेरिका पुगेका उनको सुतेकै अवस्थामा निधन भएको थियो । दाहाल सर्च फर कमन ग्राउन्डका नेपाल कानिर्देशक थिए । रामेछापमा जन्मिएका दाहालकी आमा, पत्नी, तीन छोरा, बुहारी र नातिनी छन् ।